मलेसियाली गृहमन्त्री इस्माइलको औपचारिक भेटवार्ता आजदेखि - Chaitanya News
  • 2026-05-06
  • 03:06:10
  • मंगलबार,बैशाख २२, २०८३
  • मलेसियाली गृहमन्त्री इस्माइलको औपचारिक भेटवार्ता आजदेखि

    मलेसियाली गृहमन्त्री इस्माइलको औपचारिक भेटवार्ता आजदेखि

     

    काठमाडौँ – तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने भएका छन् ।

    हिजो साँझ काठमाडौँ ओर्लिएका इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीसँग संवाद गर्न सक्ने सम्भावना छ।