काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज देशका विभिन्न प्रदेशमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य स्थानमा भने मौसममा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा समेत बादल लाग्ने सम्भावना रहेको छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी पहाडी तथा तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
यसैबीच, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।