गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं’ : बाबुराम भट्टराई - Chaitanya News
  • 2026-05-14
  • 10:49:35
  • बिहिबार,बैशाख ३१, २०८३
  • गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं’ : बाबुराम भट्टराई

    गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं’ : बाबुराम भट्टराई

    काठमाडौँ –  पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख दलबीचको सहमतिमा जोड दिएका छन् ।

    सत्तागठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने बताएका हुन् ।

    उनले भनेका छन्, ‘लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं, यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ । कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं ’