एमाले सम्मेलित सरकारमा कांग्रेस सभागी हुँदैन: उपसभापति खड्का - Chaitanya News
  • 2026-06-17
  • 02:17:11
  • मंगलबार,आषाढ ०२, २०८३
  • एमाले सम्मेलित सरकारमा कांग्रेस सभागी हुँदैन: उपसभापति खड्का

    एमाले सम्मेलित सरकारमा कांग्रेस सभागी हुँदैन: उपसभापति खड्का

    काठमाडौं-   नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी नहुने बताएका छन्।

    कांग्रेसका सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति संकेत गर्दै उपसभापति खड्काले एमाले सम्मेलित सरकारमा कांग्रेस सहभागी नहुने जवाफ दिएका हुन्।

    सामाजिक सञ्जालमा एक सन्देश लेख्दै खड्काले भनेका छन्, ‘एमाले सम्मिलित वर्तमान सरकारमा नेपाली कांग्रेस सहभागी हुने भन्ने कुरा सञ्चारमाध्यममा जहाँ जसरी सम्प्रेषण भएको भए पनि यो सम्भव छैन। काँग्रेस सहभागी हुँदैन।’

    उनले कांग्रेस सरकारमा नजाने कुरामा ढुक्क रहन आग्रह गर्दै सबैखाले भ्रमबाट मुक्त हुन जरुरी रहेको समेत उल्लेख गरेका छन्।

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोप्रति एमाले संशकित बन्दै आएको छ।

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस राज्यमन्त्री पाए पनि सरकारमा आउने टिप्पणी गरेका थिए।