तत्काल वर्षा र हिमपातको सम्भावना छैन - Chaitanya News
  • 2026-05-06
  • 03:05:40
  • मंगलबार,बैशाख २२, २०८३
  • तत्काल वर्षा र हिमपातको सम्भावना छैन

    तत्काल वर्षा र हिमपातको सम्भावना छैन

    काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु कुहिरो लागेको छ ।

    दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यसैगरी, राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।