जितु र साम्राज्ञीको चलचित्र ह्यारी कि प्यारी आजबाट प्रदर्शन - Chaitanya News
  • 2026-07-16
  • 03:04:59
  • बुधबार,आषाढ ३१, २०८३
  • जितु र साम्राज्ञीको चलचित्र ह्यारी कि प्यारी आजबाट प्रदर्शन

    जितु र साम्राज्ञीको चलचित्र ह्यारी कि प्यारी आजबाट प्रदर्शन

    काठमाडौं- जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य अभिनय रहेको चलचित्र ह्यारी कि प्यारी आजबाट प्रदर्शनमा आएको छ।

    डा भोला रिजालको निर्माण रहेको चलचित्र उनका छोरा डा कपिल रिजालले लेखन तथा निर्देशन गरेका हुन् । रोमान्टिक–कमेडी जनरामा निर्माण चलचित्रमा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल लगायतको पनि अभिनय छ।

    गएको मंगलबार साँझ काठमाडौंमा ह्यारी कि प्यारीको प्रिमियर गरिएको थियो। जहाँ उपस्थित सेलिब्रेटीहरुले चलचित्रका लागी सकारात्मक प्रतिक्रिया दिएका थिए।