चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 160 of 1153
  • 2026-11-22
  • 14:21:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु

काठमाडौँ– कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेको हो। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा दाबी प्रस्तुत गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक प्रदेशसभा सदस्यले साउन १२ गते मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गर्नुपर्नेछ। यसअघि शनिबार तत्कालीन मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनुभएको थियो। प्रदेश प्रमुखले उहाँको राजीनामा स्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि आवश्यक संवैधानिक प्रक्रिया अगाडि बढाइएको हो। अब तोकिएको समय सीमाभित्र बहुमत समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गरेपछि संविधानबमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।

News by कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु :