चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1023 of 1153
  • 2026-11-23
  • 00:00:16
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मत अपेक्षाकृत छैन, तर परिणामलाई सहज रुपमा लिन्छु- गगन थापा

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताको चुनावमा पाएको मत अपेक्षाकृत नभएको प्रतिक्रिया दिएका छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका थिए । मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवालाई देशले गौरव गर्नसक्ने नेता बन्न सुझाव दिए । थापाले सांसदहरु आधारभुतरुपमा स्वतन्त्र रहेको आफ्नो मान्यता रहेपनि कांग्रेसका बहुसंख्यक सांसदहरु पार्टीको नेता बदलियोस भन्ने नचाहेको देखिएको बताए । उनले आफ्नो परिवर्तन प्रतिको प्रस्ताव संसदीय दलमा अस्वीकृत भएको बताउदै बहुसंख्यक सांसदले अहिले कै जसरी चलोस् भनेर मतदान गरेकोले आफुले यसलाई सहज रुपमा लिएको बताए । थापाले आफुले बाँकी सांसदको मन जित्ने प्रयास गरिरहने बताउदै आफुले फेरी प्रतिष्पर्धा गर्न तयारी थाल्ने बताए । संसदीय दलको नेतामा विजयी भएका सभापति शेरबहादुर देउवाले ६४ मत पाएर विजयी भएका छन् भने थापाले २५ मत पाएका छन् ।

News by मत अपेक्षाकृत छैन, तर परिणामलाई सहज रुपमा लिन्छु- गगन थापा :