चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 497 of 1166
  • 2026-11-29
  • 11:41:02
  • आइतबार,मंसिर १४, २०८३

About Author

झलनाथ खनालले भने: ‘ट्रम्प प्रशासनले भेनेजुएलामाथि नांगो र क्रूर हमला गरेको छ’

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण अपराधपूर्ण भएको बताएका छन्। आज (आइतबार) खनालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्। ‘ भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानुनलाई खिल्ली उडाउने कार्य हो’ ‘अत्यन्त लज्जास्पद ढंगले गरिएको घोर अपराधपूर्ण कार्य हो।’ खनालले भेनेजुएलाका जनता साम्राज्यवादी आक्रमणविरुद्ध उभिएको र विश्वका न्याय प्रेमी देश, तेस्रो विश्वका राष्ट्र र संयुक्त राष्ट्रसंघसमेत अमेरिकी कारबाहीको विरोधमा रहेको उल्लेख गरेका छन्। उनले भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेकोसमेत बताएका छन्। ‘भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धे दृष्टि लगाइरहेको थियो। किनभने भेनेजुएला विश्वकै सबैभन्दा ठुलो तेल भण्डार भएको देश हो। अमेरिकीहरू त्यो भण्डार कब्जा गर्न र लुट्न चाहन्छन्। तर मदुरोको सरकार त्यो कार्यका निम्ति सबैभन्दा ठुलो अवरोध बनेको थियो। त्यहीँ “अवरोध”लाई पन्छ्याउन ट्रम्प प्रशासनले “ड्रग ट्राफिकिङ” को झुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रूपले निर्वाचित राष्ट्रपतिमाथि पाशविक पाराले आक्रमण र अपहरण गरेको छ। विश्वका तमाम न्याय प्रेमी देशहरू र जनताहरू अमेरिकी आक्रमणका विरुद्ध उभिएका छन्। संयुक्त राष्ट्र संघ र सिलोजस्तो तेस्रो विश्व यस आक्रमणका विरुद्ध उभिएका छन्। उनीहरू सबैले अमेरिकी आक्रमणको निन्दा र भर्त्सना गरिरहेका छन्। स्वयं अमेरिकामा न्याय प्रेमी अमेरिकी जनता यो हिंस्रक आक्रमणको विरुद्ध सडकमा उत्रिएका छन्।’ विज्ञप्ति जारीमा उल्लेख छ। साथै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हिंसात्मक आक्रमणविरुद्ध कडा कानुनी कदम चाल्न र साना तथा कमजोर मुलुकहरूको सार्वभौमसत्ताको रक्षा गर्न आग्रह गरेका छन्।

News by झलनाथ खनालले भने: ‘ट्रम्प प्रशासनले भेनेजुएलामाथि नांगो र क्रूर हमला गरेको छ’ :