मानुपातिकतर्फ बन्द सूची पेस गरेका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राखिने - Chaitanya News
  • 2026-10-06
  • 13:41:57
  • मंगलबार,आश्विन २०, २०८३
  • मानुपातिकतर्फ बन्द सूची पेस गरेका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राखिने

    मानुपातिकतर्फ बन्द सूची पेस गरेका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राखिने

    काठमाडौँ– निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ।

    विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव चिह्नमा १०० दलले चुनाव लड्ने भनेर दल दर्ता गरेका थिए।

    समानुपातिक तर्फको बन्द सूची बुझाउँदा यो संख्या घटेको छ। ६४ दलले ५८ वटा चुनाव चिह्नमा निर्वाचन लड्ने गरी सूची निर्वाचन आयोगका पेश गरेका छन्। १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने गरी समानुपातिक तर्फको बन्द सूची बुझाएका हुन्।

    यसरी यसपटक समानुपातिक तर्फको मतपत्रमा ५८ वटा चुनाव चिह्न हुनेछ।