आजको मौसम: तराईमा हुस्सु–कुहिरोको प्रभाव, हिमाली भूभागमा हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 09:25:45
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसम: तराईमा हुस्सु–कुहिरोको प्रभाव, हिमाली भूभागमा हिमपातको सम्भावना

    आजको मौसम: तराईमा हुस्सु–कुहिरोको प्रभाव, हिमाली भूभागमा हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानमान महाशाखाले आज देशभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिउको छ। तराईका अधिकांश स्थानहरूमा भने हुस्सु–कुहिरो लागेको छ।

    यस्तै, महाशाखाका अनुसार, आज कोसी प्रदेशका पहाडी तथा हिमाली भू‍–भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    यसैगरी, आज राति, तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। कोसी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।