घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित) - Chaitanya News
  • 2026-04-28
  • 03:39:01
  • सोमबार,बैशाख १४, २०८३
  • घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित)

    घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित)

    काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ। हवाई इन्धनको मूल्यमा घटेपछि प्राधिकरणले यस्तो सरचार्ज समायोजन गरेको हो।

    नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ कटौती गरेको थियो। यसको आधारमा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेको हो। योसँगै हवाई जहाजको अधिकतम भाडा दर घटेको छ।

    प्राधिकरणका अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ।

    कुन रुटमा कति घट्यो भाडा ?

    नयाँ भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ। काठमाडौँबाट उडान भर्ने रुटमा देहाय बमोजिमको सरचार्ज शुल्क घटेको छ।

    उल्लेखित बाहेक माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, काठमाडौँ–लुक्ला ८० रुपैयाँ, काठमाडौँ–जोमसोम १२० रुपैयाँ, काठमाडौँ–फाप्लु ७० रुपैयाँ, काठमाडौँ–जुम्ला १९० रुपैयाँ, नेपालगन्ज–सिमिकोट १२० रुपैयाँ फ्युल सरचार्जबापत समायोजन भएको छ।

    तत्काल भाडादरमा पर्दैन असर:

    प्राधिकरणले सरचार्ज बापतको शुल्क घटाए पनि यसको प्रत्यक्ष असर भने पर्ने छैन। अहिले एयरलाइन्स कम्पनीहरूले लिँदै आएको भाडा दर अधिकतम भाडा दर भन्दा निकै तल हुन्छ।

    उदाहरणको लागि काठमाडौँबाट धनगढीको अधिकतम भाडा १७ हजार रुपैयाँभन्दा माथि छ। तर अहिले सो रूपमा ८ हजार रुपैयाँ हाराहारी मात्रै लाग्ने गरेको छ। त्यसैले यसले प्रत्यक्ष रूपमा प्रभाव नपरे पनि हवाई ट्राफिक बढी हुने समयमा भने यसले मूल्यको सीमा कायम गर्न सक्छ।