चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 127 of 1152
  • 2026-11-22
  • 10:32:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

श्रम मन्त्री यादवले भने: ‘बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदै छौँ’

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्। राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद विष्णुकुमारी सापकोटाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्रीले युवा पलायन रोक्न र स्वदेशमै अवसर सिर्जना गर्न मन्त्रालयको कार्यशैलीमा ‘प्याराडाइम सिफ्ट’ गरिएको दाबी गरेका हुन्। मन्त्री यादवले विगतमा मन्त्रालयको ध्यान वैदेशिक रोजगारीमा मात्र केन्द्रित रहेकोमा अब आन्तरिक रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए। यसका लागि नयाँ राष्ट्रिय रोजगार नीति र राष्ट्रिय रोजगार प्रवर्द्धन ऐन निर्माणको प्रक्रिया अगाडि बढाइएको उनले बताए। सरकारले ७ सय ५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई सक्रिय बनाई परिचालन गरेको मन्त्रीले उल्लेख गरे। उनकाअनुसार गुणस्तरीय सीप विकासका लागि ३९० घण्टाको तालिमलाई अनिवार्य गर्ने नीति लिइएको छ। चालु आर्थिक वर्षदेखि सातै प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्ने र श्रम बजारको मागअनुसार ‘केयर इकोनोमी’ तथा डिजिटल रोजगारीका क्षेत्रमा करिब एक दर्जन कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिइन्। यस्तै, ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित राष्ट्रिय प्रशिक्षार्थी (अप्रेटेन्ससिप्) कार्यक्रम, मागमा आधारित सिप विकास र सुकुम्वासी लक्षित सीपमूलक कार्यक्रम यसै वर्षदेखि थालनी गरिएको मन्त्रीको भनाइ छ। वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सिप प्रमाणीकरण गरी उनीहरूको पुँजी र सिपलाई स्वदेशी उत्पादनसँग जोड्ने नीति सरकारले लिएको छ। वैदेशिक रोजगारीमा हुने ठगी र शोषण नियन्त्रणका लागि मन्त्रालयले ‘अपरेशन इलिगल एजेन्ट क्लिनअप’ एप र ‘उजुरी डट एफई डट जीओभी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको छ। मन्त्रीका अनुसार श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाई दुई घण्टाभित्रै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताए। विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सम्बन्धित दूतावास र वैदेशिक रोजगार बोर्डमार्फत समन्वय भइरहेको मन्त्रीले स्पष्ट पारेका छन्।

News by श्रम मन्त्री यादवले भने: ‘बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदै छौँ’ :