काठमाडौँ– आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक २.२५ अङ्कले घटेर २,६४१.५८ बिन्दुमा बन्द भएको छ।
आज बजारमा कुल ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभरिमा ३५० वटा स्क्रिप्सका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर ५६ हजार ८१८ पटक खरिद(बिक्री भएका छन्।
आज कारोबार भएका कम्पनीहरूमध्ये ७२ वटाको सेयर मूल्य बढेको छ भने २०१ वटाको मूल्यमा गिरावट आएको छ। बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज सबैभन्दा धेरै कमाउनेमा सर्वोत्तम पेन्टस् र माउन्ट एभरेष्ट हाइड्रोपावर रहेका छन्, जसको सेयर मूल्यमा करिब १५ प्रतिशतको बढोत्तरी देखिएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको मूल्य ११.१७ प्रतिशत र सगरमाथा जलविद्युत् कम्पनीको मूल्य ११.०६ प्रतिशतले बढेको छ। आज फरवार्ड माइक्रोफाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ६.६३ प्रतिशतले घटेको छ।
समूहगत आधारमा फाइनान्स समूहमा सर्वाधिक १.१४ प्रतिशत गिरावट हुँदा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा १.३० प्रतिशत वृद्धि देखिएको छ। अन्यस सूचकहरूमा कउ प्रतिशत भन्दा कमको उतारचढाव छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको मात्रै १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, सोलु हाइड्रोपावरको ३८ करोड ४४ लाख र रिडी पावर कम्पनीको १६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।