जंगी अड्डामा नेपाली र भारतीय सेनाका प्रमुखबीच शिष्टाचार भेटवार्ता - Chaitanya News
  • 2026-08-17
  • 13:15:32
  • सोमबार,भाद्र ०१, २०८३
  • जंगी अड्डामा नेपाली र भारतीय सेनाका प्रमुखबीच शिष्टाचार भेटवार्ता

    जंगी अड्डामा नेपाली र भारतीय सेनाका प्रमुखबीच शिष्टाचार भेटवार्ता

    काठमाडौँ– नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

    भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको छ। दुई सेनाबीच रहँदै आएको सम्बन्ध र सहकार्यका विविध पक्षबारे समेत भेटमा विचार(विमर्श भएको बताइएको छ।

    नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न तहमा नियमित सम्पर्क तथा सहकार्य हुँदै आएको छ।