चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1012 of 1163
  • 2026-11-27
  • 11:30:27
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट

काठमाडौं - करिब दुई दशकदेखि राजधानी काठमाडौं केन्द्रित वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण सेवा आइतबारदेखि देशका सातै प्रदेशबाट दिन सुरू भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले लिने नयाँ वैधानिकीकरण व्यक्तिगत र संस्थागत श्रमस्वीकृति अहिलेसम्म काठमाडौंस्थित कार्यालयहरुले मात्र दिँदै आएका थिए । यस्तै, मेनपावरलाई दिने सेवा पनि काठमाडौं केन्द्रित थियो । आइतबारदेखि यी सबै सेवा काठमाडौंसँगै बाँकी ६ प्रदेशबाट दिन सुरू गरिएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक उमकान्त आचार्यले सबै किसिमका श्रमस्वीकृति, मेनपावर तथा अभिमुखीकरण संस्थाका सबै काम काठमाडौंसहित सात वटै प्रदेशबाट सुरू भएको जानकारी दिए ।

News by वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट :