माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-06-14
  • 03:01:41
  • शनिबार,जेठ ३०, २०८३
  • माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

    माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

    काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ। सोमबार विज्ञापन प्रकाशन गरिएको हो।

    सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ।

    न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ।

    इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ।