सत्ता गठबन्धन दलले यसरी मिलाए सातै प्रदेशको भागबण्डा - Chaitanya News
  • 2026-05-08
  • 19:00:58
  • शुक्रबार,बैशाख २५, २०८३
  • सत्ता गठबन्धन दलले यसरी मिलाए सातै प्रदेशको भागबण्डा

    सत्ता गठबन्धन दलले यसरी मिलाए सातै प्रदेशको भागबण्डा

    काठमाडौं- सात दलीय सत्ता गठबन्धनले सात वटै प्रदेशमा मुख्यमन्त्री र सभामुखबारे भागबण्डाको टुङ्गो लगाएका छन् ।
    बालुवाटारमा आइतबार साँझको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा कसले कुन पद पाउने भन्ने टुंगो लगाएको हो ।

    जस अनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ । बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा ५ वर्ष सरकार चलाउने भएको हो ।

    ‘बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएछ, पहिलो कार्यकाल म मुख्यमन्त्री हुनेछु’ नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलल्ले सुनाए । नेकपा एमालेले प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाउने भएको छ । प्रदेश १ मा आइष्ेपडतबार नै एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनिसकेका छन् । आज उनले मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

    यस्तै कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने छ । मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिने सहमति भएको छ । बाग्मती र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले पालैपालो पाउने छन् । यस्तै , सभामुखबारे पनि गठबन्धन दलले भागबण्डा मिलाएका छन् । आइतबार भएको निर्णयअनुसार मधेश र कर्णाली प्रदेशमा एमालेले सभामुख लिने भएको छ । यस्तै , प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ ।

    1 बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ । बागमतीमा निर्णायक रहेको राप्रपाले मुख्यमन्त्री दाबी गर्दै आएको थियो । यस्तै प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्ने छन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउने छन् । मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय गरिएको छ ।