वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट - Chaitanya News
  • 2026-04-26
  • 16:20:14
  • आइतबार,बैशाख १३, २०८३
  • वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट

    वैदेशिक रोजगारीका सबै सेवा अब सातै प्रदेशबाट

    काठमाडौं – करिब दुई दशकदेखि राजधानी काठमाडौं केन्द्रित वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण सेवा आइतबारदेखि देशका सातै प्रदेशबाट दिन सुरू भएको छ ।

    वैदेशिक रोजगारीमा जाने श्रमिकले लिने नयाँ वैधानिकीकरण व्यक्तिगत र संस्थागत श्रमस्वीकृति अहिलेसम्म काठमाडौंस्थित कार्यालयहरुले मात्र दिँदै आएका थिए । यस्तै, मेनपावरलाई दिने सेवा पनि काठमाडौं केन्द्रित थियो । आइतबारदेखि यी सबै सेवा काठमाडौंसँगै बाँकी ६ प्रदेशबाट दिन सुरू गरिएको हो ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक उमकान्त आचार्यले सबै किसिमका श्रमस्वीकृति, मेनपावर तथा अभिमुखीकरण संस्थाका सबै काम काठमाडौंसहित सात वटै प्रदेशबाट सुरू भएको जानकारी दिए ।