उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु - Chaitanya News
  • 2026-04-26
  • 16:20:25
  • आइतबार,बैशाख १३, २०८३
  • उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    उच्च भू–भागमा हिमपातको सम्भावना, तराईमा बाक्लो हुस्सु

    काठमाडौं- नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि भू–भागहरूमा हुस्सु/कुहिरो लागिरहेको अवस्था छ ।

    आज (सोमबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    भोलि मंगलबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ ।

    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
    तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।