सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदै कारोबार? - Chaitanya News
  • 2026-04-26
  • 16:20:12
  • आइतबार,बैशाख १३, २०८३
  • सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदै कारोबार?

    सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदै कारोबार?

    काठमाडौँ –  सुनको भाउ आज फेरि बढेको छ ।

    अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेकाे हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ।

    अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।