चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 195 of 1153
  • 2026-11-22
  • 13:56:04
  • आइतबार,मंसिर ०७, २०८३

About Author

फिफा विश्वकपः ब्राजिललाई २–१ गोलअन्तरले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– एर्लिङ हालान्डको गोलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। नर्वेको जितमा दुवै गोल हालान्डले गरे। उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए। खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए। आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे। त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ। खेल अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा भएको थियो ।

News by फिफा विश्वकपः ब्राजिललाई २–१ गोलअन्तरले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश :