काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत कार्यरत पाँच जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा भए को छ। आज (आइतबार) सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टरले एक सूचना जारी गर्दै संगठनभित्र विभिन्न महाशाखा तथा इकाइहरूमा कार्यरत अधिकृतहरूको जिम्मेवारी पुनःवितरण गरिएको हो।
सूचनाअनुसार सरुवा सूचीमा पाँच जना एसपीको नाम उल्लेख भए पनि सार्वजनिक विवरणमा चार जनाको नयाँ पदस्थापनबारे मात्र जानकारी समेटिएको छ।
सरुवा विवरणअनुसार आईजीपी सचिवालयमा कार्यरत दयाराम शर्मालाई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। आर्थिक प्रशासन निर्देशनालयमा रहेका ध्रुव केसीलाई आईजीपी सचिवालयमा जिम्मेवारी दिइएको छ।
त्यसैगरी सशस्त्र प्रहरी एकेडेमीमा कार्यरत राजकुमार ढकाललाई एपीएफ अस्पतालमा पदस्थापन गरिएको छ भने एपीएफ अस्पतालमा रहेका गणेशबहादुर मल्ललाई भण्डार महाशाखामा सरुवा गरिएको छ।
संगठनले नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत कार्यदक्षता अभिवृद्धि र संस्थागत व्यवस्थापन सुदृढ गर्ने उद्देश्यसहित सरुवा गरिएको जनाएको छ।
![]()
![]()