चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 36 of 1102
  • 2026-10-06
  • 08:39:38
  • मंगलबार,आश्विन २०, २०८३

About Author

नेपाल–माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ। नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाको संघीय राज्यका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको नेपाली नियोगले जनाएको छ। सो अवसरमा दुवै राजदूतबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा साझा चासोका विभिन्न विषयमा एक अर्कालाई सहयोग गर्नेबारे विचार आदानप्रदान भएको थियो । माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरमा अवस्थित ६०० भन्दा बढी टापु मिलेर बनेको एक द्विपीय राष्ट्र हो। माइक्रोनेसियाले नोभेम्बर ३, १९८६ मा स्वतन्त्रता प्राप्त गरेको थियो। सेप्टेम्बर १७, १९९१ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो। यसको कुल क्षेत्रफल ७०१ वर्ग किलोमिटर छ भने अनुमानित जनसङ्ख्या एक लाख रहेको छ। नेपाल र माइक्रोनेसिया दुवै ‘जी ७७ चाइना समूह’का सदस्य हुन्।

News by नेपाल–माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना :