चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-05
  • 13:50:53
  • सोमबार,आश्विन १९, २०८३

About Author

काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, हिमाल–पहाड–तराई–मधेश गरी तीन क्लस्टरमा छलफल

काठमाडौँ– नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा प्रस्तुत हुने राजनीतिक, वैचारिक, सांगठनिक तथा आर्थिक एजेन्डामाथि छलफल गर्न महाधिवेशन प्रतिनिधिलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन भौगोलिक क्लस्टरमा विभाजन गरिएको छ। बन्द सत्रका लागि ‘हिमाल हल’, ‘पहाड हल’ र ‘तराई–मधेश हल’ निर्धारण गरिएको छ। सम्बन्धित भूगोल, प्रदेश तथा समूहका महाधिवेशन प्रतिनिधिले तोकिएका हलमा रहेर प्रस्तुत एजेन्डामाथि समूहगत छलफल गर्नेछन्। महाधिवेशनको बन्द सत्रअन्तर्गत प्रारम्भमा पहाड क्लस्टरको छलफल सुरु भएको हो। त्यसपछि अन्य दुई क्लस्टरमा पनि निर्धारित कार्यतालिकाअनुसार छलफल अघि बढाइनेछ। गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्द सत्रमा प्रस्तुत गरिने एजेन्डा पारित गरेको थियो। बैठकले सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदनसहित महाधिवेशनमा छलफलका लागि पेस हुने विभिन्न प्रस्तावलाई अनुमोदन गरेको थियो। बन्द सत्रमा काँग्रेसको आगामी राजनीतिक, वैचारिक, सांगठनिक तथा आर्थिक कार्यदिशासँग सम्बन्धित प्रस्तावमाथि प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गर्नेछन्।

News by काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, हिमाल–पहाड–तराई–मधेश गरी तीन क्लस्टरमा छलफल :