चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 13 of 1152
  • 2026-11-22
  • 10:32:17
  • आइतबार,मंसिर ०७, २०८३

About Author

११ दिने भ्रमणका लागि रास्वपाका २० नेता चीन जाँदै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना नेता तथा सांसद राजनीतिक सम्बन्ध विस्तार र अनुभव आदानप्रदानका लागि आज चीन प्रस्थान गर्दैछन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको हो। रास्वपाका अनुसार चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले आज बिहान ९ बजे विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम रहेको छ। आइतबारदेखि सुरु हुने भ्रमण ११ दिनसम्म चल्नेछ। भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी हुनेछन्। भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले चीनका विभिन्न महत्वपूर्ण सहरहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्नेछ। रास्वपाले यस भ्रमणलाई नेपाल र चीनबीचका राजनीतिक दलहरूको सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको छ। साथै दुई देशका राजनीतिक अनुभव, विकासका अभ्यास र आपसी सहकार्यका सम्भावनाबारे छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य रहेको जनाएको छ। चीन भ्रमणबाट दुई देशका राजनीतिक दलबीच आपसी समझदारी र सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने अपेक्षा रास्वपाले गरेको छ।

News by ११ दिने भ्रमणका लागि रास्वपाका २० नेता चीन जाँदै :