चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 410 of 1159
  • 2026-11-25
  • 14:19:14
  • बुधबार,मंसिर १०, २०८३

About Author

चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले निः शुल्क उपचार गर्ने

काठमाडौं– सरकारले आसन्न फागुन २१ गते ह्ुने प्रतिनिधि सभा निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निः शुल्क उपचार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। ‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा क्रममा लाग्ने खर्च नेपाल सरकारले ब्यहोर्ने,’ सरकारको निर्णय सुनाउँदै प्रवक्ता अर्यालले भने। साथै, सो अवधिमा कोही पनि सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको उनले बताए। ‘सो अवधिमा निजहरूको मृत्यु भएमा परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ।  

News by चुनावमा खटिएका सुरक्षाकर्मी घाइते भए सरकारले निः शुल्क उपचार गर्ने :