निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो - Chaitanya News
  • 2026-08-23
  • 23:07:36
  • आइतबार,भाद्र ०७, २०८३
  • निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो

    निर्वाचनका लागि निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्‍याइयो

    काठमाडौँ– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ।

    काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ। ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने छ।