चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 94 of 1152
  • 2026-11-22
  • 10:09:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा

काठमाडौँ– प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो। अहिले नौ वटा वाणिज्य बैंकमा रु आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा रु दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ।

News by प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा :