चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 48 of 1108
  • 2026-10-08
  • 11:18:27
  • बिहिबार,आश्विन २२, २०८३

About Author

रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्। ‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं,’ लामिछानेले भने। उनले सरकारसँग पनि विपद्मा परेका नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न आग्रह गरे। ‘सरकारलाई मेरो स्पष्ट आग्रह छ– पीडामा रहेका नागरिकलाई यस्ता दुर्व्यवहार भएका छन् भने हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकाले मात्रै पुग्दैन्,’ उनले भने, ‘राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिन्छ भन्ने कुरा नागरिकले महशुस गर्नेगरी देखाउने हो। देखाइदिनुहोला।’ रास्वपालाई त्यस्ता सदस्य र अन्ध समर्थक पनि नचाहिने उनले बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन,’ लामिछानेले भने, ‘हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ।’ पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी जोकोही पनि विपद्मा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ तवरले टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए कारबाही गर्ने उनले बताए।

News by रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन : रवि लामिछाने :