चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 221 of 1152
  • 2026-11-22
  • 09:06:58
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रास्वपा विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको स्वर्णिम वाग्लेको दाबी

काठमाडौं– रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी लोकतान्त्रिक आवाज बन्न सकेको दाबी गरेका छन्। पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो, सत्ता केवल लालचको व्यवस्थापन देखिन थाल्यो,’ उनले भने, ‘जब नागरिक र राज्यबीचको विश्वासको पुल भत्कन थाल्यो त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो । त्यो विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा।’ अहिले आफूहरू नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न भेला भएको जिकिर गरे। ‘विगतका आन्दोलनले नेपालमा लोकतन्त्र ल्याए। संविधान ल्याए । समावेशीताको आधार तयार भयो। ती उपलब्धीको हामी सम्मान गछौं । अब लोकतन्त्रको संस्थागत गुणस्तर माथि उकास्नुपर्नेछ। धेरै माथि उठाउनुपर्नेछ,’ वाग्लेले भने।  

News by रास्वपा विद्रोहको लोकतान्त्रिक आवाज बन्न सकेको स्वर्णिम वाग्लेको दाबी :