रवि र बालेनले घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गरे - Chaitanya News
  • 2026-09-21
  • 16:47:42
  • सोमबार,आश्विन ०५, २०८३
  • रवि र बालेनले घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गरे

    रवि र बालेनले घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गरे

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ। भरतपुरको ‘गेस्टहाउस’ चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे। सो अवसरमा उनीहरूसँग मञ्चमा रहेका अतिथिहरूले पनि एकै साथ घण्टी बजाएका थिए।

    कार्यक्रममा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देल सहभागी छन्।

    यसै गरी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतको सहभागिता रहेको छ।

    उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरूको उल्लेख्य उपस्थिति छ।