ऐतिहासिक खेलमा जापानको शानदार जित - Chaitanya News
  • 2026-06-21
  • 13:50:46
  • आइतबार,आषाढ ०७, २०८३
  • ऐतिहासिक खेलमा जापानको शानदार जित

    ऐतिहासिक खेलमा जापानको शानदार जित

    काठमाडौं – फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४–० को शानदार जित हात पारेको छ।

    समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ। दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ।

    मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक(एक गोल गरे।

    जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो

    अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटे बाहिरिएको छ।

    ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५–१ ले पराजित भएको थियो।

    जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २–० ले पराजित गरेको थियो।