भरतपुरमा रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र - Chaitanya News
  • 2026-09-21
  • 16:45:23
  • सोमबार,आश्विन ०५, २०८३
  • भरतपुरमा रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र

    भरतपुरमा रास्वपा महाधिवेशनमा सुरु भयो उद्घाटन सत्र

    काठमाडौँ– चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कवीन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्।

    उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन्। रास्वपा महाधिवेशन तीन दिनसम्म चल्नेछ।