1. क्षेत्रफलको आधारमा सानोबाट ठुलोमा राष्ट्रहरुको सहि क्रम कुन हो ?
A. ब्राजिल, चिन, अमेरिका, रुस, क्यानडा, B. ब्राजिल, चिन, रुस, क्यानडा, अमेरिका
C. ब्राजिल, चिन, अमेरिका, क्यानडा, रुस D. चिन, ब्राजिल, अमेरिका, क्यानडा, रुस
2. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
पर्वत शृङ्खला अवस्थित महादेश
a. एल्सवर्थ 1. युरोप
b. आल्पस 2. अफ्रिका
c. ग्रेटडिभाईडिङ रेन्ज 3. दक्षिण अमेरिका
d. एटलस 4. अन्टर्कटिका
A) a4,b1,c3,d2 B) a4,b1,c2,d3 C) a3,b1,c2,d4 D) a3,b4,c2,d1
3. कुनै समुदायमा एक्कासी धेरै संख्यामा कुनै रोग देखिनुलाई के भनिन्छ ?
A) Endemic B) Pandemic C) Sporadic D) Epidemic
4. विद्युतिय राहदानी इ-पासपोर्ट पाउने पहिलो नेपाली को हुन ?
A. विद्यादेवी भण्डारी B. सत्यमोहन जोशी C. अनुराधा कोईरला D. डा. रामबरण यादव
5. भेनेजुयला सम्बन्धी तलका भनाई विचार गर्नुहोस् ।
a. यसको राजधानि Caracas हो ।
b. यस देशका राष्ट्रपति Nicolas Maduro लाई अमेरिकाले सन् २०२६ जनवरी ३ गते अपहरण गर्यो ।
A) a र b ठिक छ । B) a र b बेठिक छ । C) a ठिक छ । D) b ठिक छ ।
6. बंगलादेशको पुर्व प्रधानमन्त्री खालिदा जियाको निधन कहिले भयो ?
A. सन् २०२५ डिसेम्बर २० B. सन् २०२५ डिसेम्बर २५
C. सन् २०२५ डिसेम्बर १० D. सन् २०२५ डिसेम्बर ३०
7. तल दिइएका भिटामिनहरु मध्ये बोसोमा घुल्ने भिटामिन कुन होईन ?
A. भिटामिन ‘K’ B. भिटामिन ‘E’ C. भिटामिन ‘D’ D. भिटामिन ‘B’
8. DNA का सम्बन्धमा कुन कथन सहि होईन छनोट गर्नुहोस् ।
A. वंशाणु DNA बाट बनेको हुन्छ ।
B. DNA बटारिएको भ¥याङ जस्तो हुन्छ ।
C. DNA राईवोज सुगरबाट बनेको हुन्छ ।
D. DNA ले वंशाणुगत गुणहरु सार्ने काम गर्दछ ।
9. १६ औ योजनमा ५ वर्ष भन्दा माथि साक्षरता दर कति प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ?
A. ७६ प्रतिशत B. ८९ प्रतिशत C. ९५ प्रतिशत D. ८५ प्रतिशत
10. रुसी क्रान्ति हुनुका कारण तल दिइएका मध्ये कुन हो ?
A. वर्ग हिन समाजको स्थापना B. जनचेतनाको विकास
C. आर्थिक समनताको स्थापना D. निजी सम्पति राष्ट्रियकरण हुनु
11. एउटा कक्षामा विद्यार्थीहरू मध्ये 3/5 भाग केटीहरू छन् र बाँकी केटाहरू छन्। यदि केटीहरू मध्ये 2/9 भाग र केटाहरू मध्ये 1/4 भाग अनुपस्थित (Absent) छन् भने, कुल विद्यार्थी संख्याको कति भाग उपस्थित (Present) छन्?)
A. 17/25 B. 18/49 C. 23/30 D. 23/36
12. Find the number which when added to itself 13 times; gives 112.
(A) 7 (B) 8 (C) 9 (D) 11
13. एउटा बाँदर प्रत्येक घण्टाको सुरुमा ३० फिट माथि चढ्छ र केही बेर आराम गर्दा २० फिट तल चिप्लन्छ। यदि उसले अर्को घण्टाको सुरुमा पुनः चढ्न थाल्छ र आफ्नो यात्रा बिहान ८:०० बजे सुरु गरेको हो भने, जमिनबाट १२० फिटको उचाइमा रहेको झण्डालाई उसले पहिलो पटक कति बजे छुनेछ?
(A) 4 p.m. (B) 5 p.m. (C) 6 p.m. (D) Norie of these
14.एउटा सहरमा ४०% वयस्कहरू (Adults) निरक्षर छन् भने ८५% केटाकेटीहरू (Children) साक्षर छन्। यदि वयस्क र केटाकेटीको अनुपात २:३ छ भने, उक्त सहरको कुल जनसंख्याको कति प्रतिशत साक्षर छन्?
(A) 20% (B) 25% (C) 50% (D) 75%
15. A ले ५ पटक गोली हान्दा B ले ३ पटक गोली हान्छ। तर, A ले हानेको ३ मध्ये १ गोलीले मात्र शिकार मार्छ भने B ले हानेको २ मध्ये १ गोलीले शिकार मार्छ। जब B ले २७ पटक निशाना चुकाउँछ (Miss), तबसम्म A ले कतिवटा शिकार मारिसकेको हुन्छ?
(A) 30 birds (B) 60 birds (C) 72 birds (D) 90 birds
16. एक वर्गाकार मैदानको वरिपरि कुनै बसको वेग त्यसको प्रत्येक भूजामा क्रमशः 20, 40, 60 तथा 80 Km/hr छ। औसत वेग कति होला वर्गको सबै भूजामा ।
A. 36 B. 38.4 C. 60 D. 48
17. LEMON को कोड ELMON भए CLUSTER को कोड के हुन्छ ?
A. CELRSTU B. CLESRUT C. LUCETRS D. LCUTESR
18. P र Q मिलेर एउटा काम 6 दिनमा गर्न सक्छन्। Q र R ले एउटै काम 60/7 दिनमा गर्न सक्छन्। P ले काम सुरु गर्यो र 3 दिन काम गर्यो। Q र R ले काम पूरा गर्न 6 दिनसम्म काम जारी राख्यो। त्यसपछि R र P ले एक्लै काम पूरा गर्न सक्ने दिनहरूको भिन्नता कति हुन्छ?
A. 12 B. 15 C. 10 D. 8
19. हवाईजहाज A, B,C र D ले पूर्वतिर उडान सुरु गरे। 125 किलोमिटर उडान पछि A र D विमानहरू दायाँतिर उडे भने B र C विमानहरू बायाँतिर उडे। 115 किलोमिटर पछि, B र C विमानहरू बायाँतिर उडे भने A र D विमानहरू पनि बायाँतिर फर्किए। A, B, D, C विमानहरू अहिले क्रमशः कुन दिशामा उडिरहेका छन्?
A. उत्तर, दक्षिण, पूर्व, पश्चिम B. पूर्व, पश्चिम, पश्चिम, पूर्व
C. पूर्व, पश्चिम, पूर्व, पश्चिम D. दक्षिण, उत्तर, उत्तर, दक्षिण
20. रवि र कुमार एउटा असाइनमेन्टमा काम गरिरहेका छन्। रविलाई कम्प्युटरमा 32 पृष्ठ टाइप गर्न 6 घण्टा लाग्छ भने कुमारलाई 40 पृष्ठ टाइप गर्न 5 घण्टा लाग्छ। 110 पृष्ठको असाइनमेन्ट टाइप गर्न दुई फरक कम्प्युटरमा सँगै काम गर्दा उनीहरूलाई कति समय लाग्छ?
A. 8 hours 15 minutes B. 8 hours
C.7 hours 30 minutes D. 8 hours 25 minutes
उत्तरः
1. C 11. C
2. A 12. B
3. C 13. D
4. B 14. D
5. A 15. D
6. D 16. B
7. D 17. D
8. C 18. C
9. D 19. C
10. B 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100