फिफा विश्वकपः जापानलाई दुई गोलको अग्रता - Chaitanya News
  • 2026-06-21
  • 12:27:32
  • आइतबार,आषाढ ०७, २०८३
  • फिफा विश्वकपः जापानलाई दुई गोलको अग्रता

    फिफा विश्वकपः जापानलाई दुई गोलको अग्रता

    काठमाडौं– फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ।

    उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले आड्ढा घण्टामै दुई गोल गरेको हो।

    खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। यस्तै आएसे उएदाले ३१औं मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे।

    सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औं संस्करणमा आएर १०००‍औं खेल भएको हो।