चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1071 of 1105
  • 2026-10-07
  • 12:58:18
  • बुधबार,आश्विन २१, २०८३

About Author

डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार गर्न बाध्य

काठमाडौं– डेंगु संक्रमणका कारण राजधानीको टेकु अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ। अस्पतालको शय्या भरिएपछि आजभोलि प्यासेजमा समेत राखेर बिरामीको उपचार गर्न थालिएको छ। अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको उपचारमा संलग्न डाक्टरले बताए। मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो। अचानक टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी तथा जोर्नी दुख्ने, बान्ता आउने लगायतका डेंगुका लक्षण हुन् । प्रेसर कम भएका, खाना नरुच्ने, रगतमा सेतो मात्रा कम भएका, बान्ता धेरै हुने लगायतका समस्या देखिएका बिरामीलाई अस्पतालमा भर्ना गर्ने गरिएको छ। पछिल्लो रिपोर्टअनुसार काठमाडौँ, भक्तपुर,ललितपुरमा गरी झण्डै २३०० जनामा डेंगु पुष्टि भएका छन्।  

News by डेंगुका बिरामीले टेकु अस्पतालको शय्या भरियो, प्यासेजमा राखेर उपचार गर्न बाध्य :