काठमाडौँ ४: गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी - Chaitanya News
  • 2026-04-22
  • 10:36:59
  • बुधबार,बैशाख ०९, २०८३
  • काठमाडौँ ४: गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी

    काठमाडौँ ४:  गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी

    काठमाडौँ –  काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ ।

    थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा। राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् ।

    गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र थापाको मतान्तर पाँच हजारभन्दा धेरै भएकाले थापाको जित सुनिश्चित भएको हो ।

    अहिले त्यहाँ विजय उत्सवको तयारी गरिएको छ।