काठमाडौँ- काठमाडौँ-१० मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
कांग्रेसबाट उम्मेदवार बनेका राजेन्द्र कुमार केसीले १४ हजार ४४८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत प्राप्त गरेका छन् ।
केसीले २६६२ मत अन्तरले जित हासिल गरेका हुन् । उनी यस क्षेत्रबाट लागातर तेस्रो पटक विजयी भएका छन् ।