४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले - Chaitanya News
  • 2026-04-26
  • 18:49:41
  • आइतबार,बैशाख १३, २०८३
  • ४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले

    ४५ क्षेत्रमा कांग्रेसको अग्रता, ३९ क्षेत्रमा एमाले

    काठमाडौँ -नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावमा ४५ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले विभिन्न ४५ वटा क्षेत्रमा अग्रता लिएको हो ।

    यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने ३९ क्षेत्रमा अग्रता लिएको छ । यस्तै तेस्रोमा रहेको माओवादीले १५ ठाउँमा अग्रता लिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १२ ठाउँमा अग्रता लिएको छ ।

    यस्तै राप्रपाले ७ र नेकपा एकिकृत समाजवादी पार्टीले ६ ठाउँमा अग्रता लिएको छ ।