काठमाडौं ५ : ईश्वर पोखरेल भन्दा प्रदीप पौडेल १,८१६ मतले अगाडि - Chaitanya News
  • 2026-04-22
  • 10:36:59
  • बुधबार,बैशाख ०९, २०८३
  • काठमाडौं ५ : ईश्वर पोखरेल भन्दा प्रदीप पौडेल १,८१६ मतले अगाडि

    काठमाडौं ५ : ईश्वर पोखरेल भन्दा प्रदीप पौडेल १,८१६ मतले अगाडि

    काठमाडौं –  काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

    आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उनले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन् ।
    १८ हजार सात सय ९७ मत गणना हुँदा युवा नेता पौडेलको छ हजार एक सय ८१ मत प्राप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त भएको क्षेत्र नम्बर ५ निर्वाचन कार्यालयका प्रवक्ता कमलकान्त जोशीले जानकारी दिएका छन् ।

    यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।