चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1053 of 1111
  • 2026-10-09
  • 19:38:25
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच सम्झौता

काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि विषयमा सहकार्य हुनेछ। हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गरे। उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुंदै जाने बिश्वास समेत व्यक्त गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्र संस्थान र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई सरल,सहज र प्रतिपस्पर्धी बैंकिङ्ग सेवा प्रदान गर्दै यो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए। उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च ब्यवस्थापनका पदाधिकारीहरू लगायत अन्य कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो। नेपालभर २१९ शाखाहरू, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले जनाएको छ।

News by नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच सम्झौता :