प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्दै  - Chaitanya News
  • 2026-04-26
  • 04:16:36
  • शनिबार,बैशाख १२, २०८३
  • प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्दै 

    प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्दै 

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बिहीवार) बालुवाटार सर्ने भएका छन् । सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनी शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन् । अब बिहीबार सर्ने तयारी भएको प्रधानमन्त्रीको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

    भोलि बिहीबार बालुवाटार सर्ने र त्यसपछि सबै भेटघाट त्यहाँ र सिंहदरबारबाट हुने उनले जानकारी दिए । प्रधानमन्त्रीले बुधबार बधाई र शुभकामना कार्यक्रम पनि स्थगित गरेको छ ।

    प्रधानमन्त्री नियुक्त भए लगत्तै बधाई दिन निवास जाने संख्या एक्कासी बढ्दा मानिसको व्यवस्थापन गर्न सचिवालय र सुरक्षाकर्मीलाई हम्मे परेको थियो । मंगलबार मात्र ६ सय बढीले भेटेर बधाई र शुभकामना दिएका थिए ।

    जनताको काम गर्न सोच्नुपर्ने, योजना बनाउनु पर्ने बेला शुभकामना र बधाईमै समय बितेपछि सचिवालयले बुधबार अत्यावश्यक बाहेकका भेट बन्द गरेको जनाइएको छ ।