काठमाडाैँ – सरकारलाई समर्थन गरेको राप्रपाले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनुका साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुनेछ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् । यद्यपी सरकारमा जाने या नजाने भन्नेबारे पार्टीका नेताहरु एकमत छैनन् ।