हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना - Chaitanya News
  • 2026-04-26
  • 04:17:48
  • शनिबार,बैशाख १२, २०८३
  • हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

    हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

    काठमाडौं – प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ।

    हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु-कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ।

    महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ।

    त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस छ।