Chaitanyakhabar
काठमाडौं- मध्यपुर थिमि नगरपालिकाले करार सेवामा दरखास्त आह्वान गरेको छ। नगरपालिकाले छैटौं तहदेखि स्तरबिहीनसम्मका कर्मचारी मागेको छ।
योग्यता पुगेका इच्छुक नेपाल नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ।
आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
३६ सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि काठमाडौँ महानगरले माग्यो दरखास्त
आजको मौसमः मनसुन सक्रिय, यी प्रदेशका केही स्थानमा भारी वर्षा
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ– आज (मंगलबार) एकै दिन प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक बस्दैछन् । जसअनुसार, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव(वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुने कार्यसूची तय भएको छ। छलफलमा उठेका विषयवस्तुमाथि जवाफ दिन समितिले कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई डाकेको छ।…
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित ३६ वटा सामुदायिक विद्यालयमा प्रधानाध्यापक (प्रअ) पदका लागि दरखास्त आह्वान गरेको छ। महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २२ वटा माध्यमिक र १४ वटा आधारभूत विद्यालयमा रिक्त रहेका तथा पदावधि सकिन लागेका प्रधानाध्यापक पदमा पदपूर्तिका लागि आवेदन माग गरेको हो। महानगरपालिकाका अनुसार शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को…
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ। यसको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना…
(नियात्रा) तोमनाथ उप्रेती: यात्रा समय, स्मृति र आत्माबीचको मौन संवाद हो। मानिस घरबाट बाहिर निस्कँदा वास्तवमा नयाँ ठाउँ खोजिरहेको हुँदैन; ऊ आफ्नै भित्र हराएको कुनै अनुभूति खोजिरहेको हुन्छ। कतिपय यात्राले नयाँ दृश्य देखाउँछन्, तर केही यात्राले जीवन हेर्ने दृष्टि नै बदलिदिन्छन्। अछामतर्फको मेरो यात्रा यस्तै एउटा आत्मिक तीर्थयात्रा बन्यो। पूर्व क्षितिजमा उषाले बिस्तारै आफ्ना सुनौला…
काठमाडौँ– यस वर्षको मनसुनको स्वरूप असामान्य देखिएसँगै बाँकी अवधिमा पनि भारी वर्षा र त्यसबाट निम्तिन सक्ने विपद्को जोखिम कायमै रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी समयलाई जोखिम व्यवस्थापनका दृष्टिले संवेदनशील अवधिका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार अहिले समग्र वर्षाको मात्रा मात्र नभई…
काठमाडौँ– प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ सम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएको छ। बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकमाथि विचार गरियोस् भनी प्रस्तुत गर्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए। विधेयक हटाउनुको कारण भने बैठकमा खुलाइएको छैन। अन्य दुई संशोधन विधेयक प्रस्तुत बैठकमा महिला, बालबालिका, लैंगीक…