चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 823 of 1153
  • 2026-11-22
  • 14:05:58
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पौडी खेल्ने क्रममा नदीमा डुबेर २ युवतीको मृत्यु

नेपालगञ्ज– पौडी खेल्ने क्रममा डुबेर बाँकेका २ युवतीको मृत्यु भएको छ। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर २ युवतीको मृत्यु भएको हो। डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको हो। पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। उनीहरु ६ जनाको समूहमा वनभोज खान गएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

News by पौडी खेल्ने क्रममा नदीमा डुबेर २ युवतीको मृत्यु :