चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 368 of 1153
  • 2026-11-22
  • 16:25:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गणेश पराजुलीले भने: ‘देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो छ’

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आज स्थानीयसँग साक्षात्कार गर्दै उनले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता औँल्याए। “यहाँहरूले प्राप्त गरेको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ”, उनले भने । सांसद पराजुलीले युग परिवर्तन तथा राष्ट्र र सन्ततिको भविश्य सुनिश्चित गर्न मतदाताले गरेको मत क्रान्तिको हिम्मतप्रति आभार प्रकट गरे।’

News by गणेश पराजुलीले भने: ‘देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो छ’ :