‘अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छु’ : ओली - Chaitanya News
  • 2026-04-24
  • 16:41:59
  • शुक्रबार,बैशाख ११, २०८३
  • ‘अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छु’ : ओली

    ‘अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छु’ : ओली

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन्।

    आज ििबहिबार) उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गरेका छन्।

    झापा ५ ओली आफैं पनि पराजित उम्मेदवार हुन्। उनको दल एमालेले प्रत्यक्षमा जम्मा ९ सिट मात्र जितेको छ।

    ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु’ ओलीले भनेका छन्।

    उनले एमालेको पक्षमा मतदान गर्नेहरंलाई धन्यवाद दिएका छन्। ‘तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन’ उनले भनेका छन्,’हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’