चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 803 of 1167
  • 2026-11-29
  • 16:28:28
  • आइतबार,मंसिर १४, २०८३

About Author

गोरखा जिप दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत

काठमाडौं- गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ। मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाइते भएका ११ जनाको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनालाइ चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।

News by गोरखा जिप दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत :